चार प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित पानी पर्ने


काठमाडौँ। देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू–भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ।

आइतवार बिहानीपख लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

मौसमी भाषामा १० मिलिमिटरसम्म पानी पर्ने अवस्थालाई हल्का वर्षा भनिन्छ भने १० देखि ५० मिलिमिटरसम्म वर्षाको सम्भावना रहने अवस्थालाई मध्यम वर्षाको अवस्थाका रुपमा लिइन्छ।

विभागका अनुसार आइतवार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आइतवार राती कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले प्रकाशन गरेको मौसम बुलेटिनमा उल्लेख छ।

आगामी तीन दिनसम्म भाराी वर्षा भने हुने छैन । सोमबार र मंगलवारको मौसम पनि आइतवारसँग मिल्दो छ । तीन दिनको मौसम पूर्वानुमान बारे जानकारी लिन यहाँ क्लिक गर्न सक्नुहुनेछ।