घानाले सन् २०२२ को डिसेम्बरमा ऋण पुनर्संरचना प्रक्रिया शुरु गरेदेखि नै आफ्नो वाह्य ऋणको ९० प्रतिशतभन्दा बढी पुनर्संरचना हासिल गरेको बताएको छ ।
अर्थमन्त्री मोहम्मद अमीन आदमले अर्थतन्त्रको अवस्थाको बारेमा मासिक प्रेस ब्रिफिङमा घानाको युरोबन्ड ऋण विनिमय र सहमति अनुरोध प्रक्रिया पूरा भएको घोषणा गर्दा सो टिप्प्णी गरेका हुन् ।
सेप्टेम्बरको अन्त्यमा अन्तिम म्यादसम्म सेप्टेम्बरको शुरुमा शुरु गरिएको प्रश्तावमा विद्यमान ऋणपत्रहरूको मान्यता प्राप्त मुल रकम प्रतिनिधित्व गर्ने ऋणपत्रधारकहरूको ९८ प्रतिशत सहभागी भइसकेका थिए ।
सफल विनिमय प्रश्तावको परिणाम स्वरूप देशले आगामी हप्ताहरूमा नयाँ बण्डहरूको लागि युरोबण्डमा १३अर्ब अमेरिकी डलर साट्ने बताए ।
प्रतिक्रिया दिनुहोस्