काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा नभए कोही पनि सुरक्षित नहुने बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारले लिएको राजश्वको लक्ष्य पूरा गर्न नसके मन्त्री, सचिव, विभागका महानिर्देशक, उपमहानिर्देशक र कार्यलय प्रमुखहरु कोही पनि सुरक्षित नहुने उनको जिकिर थियो ।
अर्थमन्त्री पौडेलले राजश्वको लक्ष्य जसरी पनि पूरा गर्न मातहतका निकायहरुलाई निर्देशन दिए । उनले लक्ष्य पूरा गर्नका लागि करदाताहरुसँग मैत्रीपूर्ण व्यवहार गर्न सक्नुपर्ने उल्लेख गरे ।
त्रास, आतंक, भय सिर्जना गर्ने काम बाट कर प्रशासन सम्पूर्ण रुपमा अलग हुनुपर्ने उनले बताए । उनले अधिकांश कर कार्यालयहरुमा सेवाग्राहीहरुलाई गर्ने व्यवहारमा सुधार भएको र अझै केहीमा हुन नसकेको भन्दै करदातामैत्री व्यवहार गर्न निर्देशन दिए ।
उपप्रधानमन्त्री पौडेलले करदातामैत्री व्यवहार गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्। आफूले गर्ने कामलाई लगनशील भएर गर्नुपर्नेमा उपप्रधानमन्त्री पौडेलले जोड दिए ।
प्रतिक्रिया दिनुहोस्