आइसिटी अवार्ड २०२४ को लागि स्टार्टअप, प्रडक्ट र इन्नोभेसन विधामा सेमिफाइनलिस्ट सार्वजनिक


काठमाडौँ । आइसिटी अवार्डको नवौं संस्करणको लागि नोमिनेसन प्रकृया सम्पन्न भएर सर्वोत्कृष्टको लागि छनौट प्रकृया जारी छ । विभिन्न १४ विधामा खुल्ला भएको नोमिनेसन प्रकृयामा ७ सय बढिको सहभागिता रहेको आयाेजकले जनाएकाे छ । १४ जना विज्ञ जुरी सदस्यहरुले छनौट प्रकृयामा काम गरिरहेका छन् ।

यसै क्रममा क्याटेगोरी ए अन्तर्गत स्र्टाटअप, प्रडक्ट, राइजिङ स्टार र सोसियल इन्नोभेसन विधामा दुई चरणको छनौट पश्चात सेमाफाइनलिस्ट सार्वजनिक गरिएको छ ।

आयाेजकका अनुसार स्टार्टअप आइसिटी अवार्ड २०२४ अन्तर्गत उत्कृष्ट १० को छनौट भएको छ । ४५ बढि स्टार्ट अपहरुको नोमिनेसन रहेको यस विधामा दुई चरणको छनौट पश्चात उत्कृष्ट १० सार्वजनिक गरिएको हो ।

यस अन्तर्गत अभियान्त्रिक कर्मशाला, बसियो सर्भिसेस, क्रिम्सन टेक, डार्क म्याटर गेम प्रडक्सन, फेन्टासी गेम्स, जियोभेसन नेपाल, हेल्थ याद आयो, ट्याकुम डिजिटल, युवासफ्ट टेक्नोलोजिज र ज्याप सर्भिसेस उत्कृष्ट १० स्टार्टअपमा छनौट भएकाे आयाेजकले जनाएकाे छ ।

प्रडक्ट आइसिटी अवार्ड २०२४ को लागि उत्कृष्ट १३ प्रडक्ट सार्वजनिक गरिएको छ । यस विधामा ४० बढि प्रडक्टहरुको नोमिनेसन प्राप्त भएको आयाेजकले उल्लेख गरेकाे छ ।

एपिआइएमएस, बसियो, बिबाबो, बजेट ३६०, कम्प्रेहेन्सिभ रिकन्सिलेसन सिस्टम उत्कृष्ट १३ मा परेका छन् । यसैगरी इमेडिओयर, इनिर्माण, जिकवज, खातापाना, कोइली, मुनिसिपालिटी सर्भिस पोर्टल, माइ पालिका र तेज हेल्थ केयर प्रडक्ट विधा अन्तर्गत सेमिफाइनलिस्टमा छनौट भएका छन ।

आयाेजकका अनुसार राइजिङ स्टार इन्नोभेसन २०२४ मा ६० बढिको आवेदन प्राप्त भएको थियो । यस विधामा उत्कृष्ट १२ इन्नोेभेसन सेमिफाइलिस्टमा छनौट भएका छन् । यस अन्तर्गत एरोगार्ड, एआई इमेज डिटेक्सन, बालि विज्ञान, बिबाबो, साइफरभोट, डिआर फिस उत्कृष्ट १२ मा पर्न सफल भएका छन् । यसैगरी फलो मि ड्रोन, हाइपर्स, कुरुवा केयर, प्रहारक, स्पिकअप नेपाल, राइट अन एआईले पनि सेमिफाइलिस्टको लागि प्रतिस्पर्धा गर्ने छन् ।

सोसियल इन्नोभेसन आइसिटी अवार्ड २०२४ को विधामा उत्कृष्ट १३ इन्नोभेसनहरु सेमिफाइन प्रतिस्प्रधाको लागि छनौट भएका छन् । यस विधामा ३५ बढि इन्नोभेसनहरुको नोमिनेसन प्राप्त भएको आयाेजकले जनाएकाे छ ।

यस अन्तर्गत एआइ पोलिसी ट्रयाकर, विपद पोर्टल, कता हो, इकागजपत्र, जियोकृषि, ह्युमन वाइल्ड लाइफ कन्फ्लिक्ट नेपाल उत्कृष्ट १३ मा पर्न सफल भएका छन । यसैगरी केयु कृषि, एलएमसी अलर्ट, लोकल लेभल जस्टिस म्यानेज्मेन्ट सिस्टम, मोबाइल हेल्थ फर केयर कोअर्डिनेसन, एनएस एप, सफा नेपाल, टेलिमेडिसिन ब्रिजिङ हेल्थकेयर ग्यापले पनि सेमिफाइनलमा स्थान प्राप्त गरेका छन् ।

यी उत्कृष्ट स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले फाइनल प्रतिस्प्रधाको लागि ग्राण्ड जुरी सेसनमा १४ जना जुरी समक्ष प्रस्तुती र प्रडक्ट शोकेस गर्नुपर्नेछ । यस पश्चात ४ विधामा नै उत्कृष्ट ५ को फाइलिस्ट सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ । उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप, प्रडक्ट र इन्नोभेसनले सर्वोत्कृष्ट छनौटको लागि पब्लिक भोटिङसँगै जुरीले कार्यालय भ्रमण गर्ने छन् । 

क्याटेगोरी ए अन्तर्गतका यी विभिन्न ४ विधाहरुसँगै जुरीले क्याटेगोरी सी अन्तर्गत डिजिटल एजुकेशन, डिजिटल सर्भिसेस र डिजिटल गर्भनेन्स विधामा प्राप्त नोमिनेसनहरुको पहिलो चरणको छनौट प्रकृया सञ्चालन गरिरहेका छन् । अन्य व्यक्तिगत अवार्ड विधाहरु पायोनियर, आन्टरप्रेनर्स, वुमन आइकन, नेपाली डायस्पोरा र प्रोफेसनल एक्सिलेन्स विधाहरुमा दशैपश्चात छनौट प्रकृया सुरु हुने आयाेजकले उल्लेख गरेकाे छ ।

साउथ एसिया स्टार्टअप अवार्डको लागि नोमिनेसन प्रकृया अझै जारी छ । यस विधामा छनौट प्रकृयाको लागि भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानबाट जुरी सदस्यहरु मनोनयन गरिएको छ । नेपालका सातै प्रदेशका स्टार्टअपलाई लक्षित स्टार्टअप मिटअप सेसनहरु आयोजकले प्रदेश प्रदेशमा सञ्चालन गरिरहेको छ ।

आइसिटी अवार्डको महत्वपुर्ण प्रि इभेन्ट कार्यक्रमहरु कार्तिक अन्तिम सातादेखि सञ्चालन हुने उल्लेख गरिएकाे छ । स्टार्टअप फेस्ट, बुटक्याम्प, मेन्टरिङ सेसन र टेलिभिजन शो तिहार लगत्तै सुरु हुने आयोजक लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले जानकारी दिए ।

अवार्डको छनौट प्रकृयाको लागि विभिन्न २५ चरणमा जुरी समितिको मिटिङ तथा प्रिजेन्टेशन सेसनहरु सञ्चालन हुने छन् । आइसिटी अवार्ड २०२४ को ग्राण्ड फिनाले २० डिसेम्बरमा हायात रिजेन्सीमा आयोजना हुनेछ ।

लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको आइसिटी अवार्ड कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग सहित राष्ट्रिय तथा अन्तराष्ट्रिय सस्थाहरुको सहकार्य रहेको छ ।