टीकाको शुभ साइत बिहान ११ः३६ बजे, यस्तो छ ३२ देशमा टिकाको साइत


काठमाडौँ। बडादशैँको सबैभन्दा महत्वपूर्ण दिन आज मान्यजनको हातबाट टिका आशीर्वाद लिँदै विजया दशमी मनाइदै छ। गत असोज १७ गते बिहीबार घटस्थापनाको दिनदेखि प्रारम्भ भएको यो वर्षको बडादसैँ आजको दिन उत्कृर्षमा पुग्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनाका दिनदेखि पूजा आराधना गरिएकी देवीलाई आज विजया दशमीको दिन बिहान ८ः३३ बजे विसर्जन गरिँदैछ ।

आज विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान ११ः३६ बजेको साइत शुभ रहेको छ । आज टीका लगाइमाग्ने मानिस पूर्व मोहडा (पूर्व फर्किने) पारेर बस्नु पर्नेछ ।

आजदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ । पञ्चाङ्ग निर्णायक समितिले सामान्यतया देवीको प्रसाद लगाउन साइतको आवश्यकता नपर्नेसमेत जनाएको छ ।

आज बिहान ११ः५७ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान १२ः५६ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ ।

खड्गयात्रा पनि आजकै दिन गरिने छ । असोज ३० गते बुधबार अखिल बली पूर्ति गरिन्छ भने सोही दिन कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।

यस्तो छ ३२ देशमा टीकाको साइतः

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित स्थान विशेषको सूर्योदयको समय र दशमी तिथीको आधारमा ३२ देशका लागि पनि बडादशैंको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोबास गर्ने नेपालीहरुको सुविधाका लागि समितिले टीकाको साइत तोकिदिएको हो ।