काठमाडाैँ । मनकामना केबलकार आजदेखि तीन दिनसम्म बन्द हुने भएको छ । मर्मत सम्भारका लागि आज असोज २९ गतेदेखि आगामी कात्तिक १ गते बन्द गरिने भएको हो ।
मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।
उनका अनुसार केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउनेछ ।
प्रतिक्रिया दिनुहोस्