रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ८.७ ४जी ट्याब्लेट सार्वजनिक


काठमाडौँ । शाओमीले नेपाली बजारमा दुई नयाँ ट्याब्लेटहरू; रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ८.७ ४जी सार्वजनिक गरेको छ । रेड्मी प्याड प्रो ५ जी ले १२.१ इन्चको २.५के अल्ट्रा–क्लियर डिस्प्ले र स्न्यापड्रयागन ७ एस जेन २ प्रोसेसरले उत्कृष्ट प्रदर्शन ल्याउँछ भने रेड्मी प्याड एसई ८.७ ४जी ले कम्प्याक्ट मनोरञ्जन अनुभव प्रदान गर्ने जनाइएको छ ।

लन्चको सन्दर्भमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनास्वीले भने, “शाओमीले प्रयोगकर्ताहरूको विविध आवश्यकता पूरा गर्न लगातार नयाँ उत्पादन ल्याउँदै आएको छ । रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ८.७ ४जीको नेपालमा लन्च गर्नुको मुख्य उद्देश्य भनेको हाम्रा प्रयोगकर्तालाई एड्भान्सड् प्रविधि उपलब्ध गराउनु हो । यदि तपाईँ उच्च प्रदर्शनको खोजीमा हुनुहुन्छ वा साधारण प्रयोगको लागि डिभाइसको खोजीमा हुनुहुन्छ भने यी ट्याब्लेटहरू हजुरको लागि उत्तम हुनसक्नेछ ।”

रेड्मी प्याड प्रो ५जीमो १२.१ इन्चको अल्ट्रा–क्लियर डिस्प्ले १६ः१० एस्पेक्ट रेसियो र २४९ पिपिआईको रिजोल्युसनको कारण पढ्दा, गेम खेल्दा वा भिडियो हेर्दा स्पष्ट दृश्य प्रदान गर्छ । यस ट्याब्लेटमा स्न्यापड्र्यागन ७एस जेन २ प्रोसेसर रहेको छ । १० हजार एमएएच क्षमताको ब्याट्री र ३३वाट फास्ट चार्जिङ सपोर्टले १४.४९ घण्टासम्म एचडी भिडियो प्लेब्याकको सुविधा दिने कम्पनीले जनाएको छ ।

वाई–फाई ६ई, डुअल सिम, डुअल ५जी सपोर्ट र शाओमी हाइपरओएसको साथमा यस ट्याब्लेटले क्रस–डिभाइस मल्टिटास्किङ र कनेक्टिभिटीलाई सहज बनाउँछ ।

रेड्मी प्याड एसई ८.७ ४जी ८.७ इन्चको एलसीडी डिस्प्ले र हल्का डिजाइनका साथ आउँछ । यसमा ८४.४१% स्क्रिन–टु–बडी रेसियो र ६०० निट्सको ब्राइटनेस रहेको छ । यसमा ६ जीबीको र्याम र ९० हर्ट्जको रिफ्रेस रेटले वेब ब्राउजिङका साथै गेम र स्ट्रिमिङको अनुभवलाई पनि सहज बनाउने जनाएको छ । ६ हजार ६५० एमएएच ब्याट्री र १८ वाट फास्ट चार्जिङ सपोट रहेको छ ।

रेड्मी प्याड प्रो ५जी ग्रेफाइट ग्रे र मिन्ट ग्रीन रंगमा तथा उपलब्ध रहेको छ भने ६जीबी + १२८जीबीको मूल्य ३९ हजार ९९९ रुपैयाँ र ८जीबी + २५६जीबीको मूल्य ४४ हजार ९९९ रुपैयाँ रहेको उल्लेख गरिएको छ ।

रेड्मी स्मार्ट पेनको मूल्य रु. ६ हजार ४९९ रहेको छ भने रेड्मी प्याड प्रो किबोर्ड पनि रु. ६ हजार ४९९ मूल्यमा उपलब्ध रहेको छ ।

रेड्मी प्याड एसई ८.७ ४जी ग्रेफाइट ग्रे, स्काई ब्लू र अरोरा ग्रीनमा उपलब्ध छ भने यसको मूल्य रु. १९ हजार ९९९ रहेको छ ।
कम्पनीका अनुसार यी सबै ट्याब्लेटहरू नेपालभरिका सबै एमआई स्टोर तथा शाओमीका आधिकारिक खुद्रा बिक्रेता पसलहरूमा उपलब्ध छन् ।