एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० का लागि आवेदन खुल्यो


काठमाडाैँ । नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरले चौथो संस्करण एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० को शुभारम्भको घोषणा गरेको छ। यो प्रतियोगिता नेपालको नवप्रवर्तनशील उद्यमीहरूलाई चिनाउने र सशक्त पार्ने उद्देश्यले आयोजना गरिएको जनाइएकाे छ।

आयाेजकका अनुसार स्टार्टअप अवार्ड्स ४.० उद्यमीहरूलाई आफ्नो व्यवसायिक विचारहरू प्रस्तुत गर्न, उद्योगका नेताहरूसँग नेटवर्क बनाउन, र आफ्नो व्यवसायलाई नयाँ उचाइमा पुर्याउन मार्गदर्शन प्रदान गर्ने एक अद्वितीय प्लेटफर्म हो।

विगतका संस्करणहरूमा विजेता बनेका डाक्टर्स अन कल, करोबार एप, गली म्याप्स, पेट मामा, र डेलिश डेरी जस्ता स्टार्टअपहरूले उल्लेखनीय सफलताहरू हासिल गरेकाे उल्लेख गरिएकाे छ ।

आयाेजकका अनुसार यस वर्ष सहभागी स्टार्टअपहरूले मार्गदर्शन, नेटवर्किङ, व्यवसायिक विकास सहयोग, नगद पुरस्कार, पिचिङ अवसर पाउने छन् ।

प्रतियोगिता छनोट प्रक्रियामा आधारित हुनेछ, जसमा प्रारम्भिक चरणमा २० आशाजनक स्टार्टअपहरूको छनोट गरिने उल्लेख गरिएकाे छ। यी स्टार्टअपहरूले सघन मार्गदर्शन, विज्ञहरूको सत्र, र व्यवसाय विकासको सहयोग प्राप्त गर्नेछन्।

यसमा २०२४ नोभेम्बर १५ सम्म आवेदन दिन सकिने उल्लेख गरिएकाे छ ।