नेशनल लघुवित्तको १५ प्रतिशत लाभांश दिने


काठमाडौँ । नेशनल लघुवित्तले १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश दिने उल्लेख गरेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृत गरि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण हुने जनाएको छ।