काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ ।
सोबार नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३३ करोड ७९ लाख ८८ हजार ५१८ रुपैयाँको कारोबार भएको छ ।
आजको दिन जानकी फाइनान्स र दोल्ती पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.०२ प्रतिशतले घटेको छ ।
कुल ३०७ कम्पनीको एक करोड ४ लाख १८ हजार ९२६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३४ करोड ४८ लाख ९१२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्