काठमाडाैँ । तिहार सुरू भएसँगै बजारमा रौनक बेग्लैछ । फूलहरूको पर्व तिहार हर्षोल्लासपूर्वक मनाइँदैछ । तिहार सुरू भएसँगै बजारमा फूलहरू बेच्नका लागि राखिएको छ । बजारमा मखमली, सयपत्री लगायतका फूलहरू बेच्नका लागि पसल पसलमा झ्न्ड्याएर राखेको देख्न सकिन्छ । तर पसलहरूमा सयपत्री र मखमली फूल मात्रै छैनन् ।
प्लाष्टिकका फूलहरूले पनि बजार ढाकेको छ । प्लाष्टिकका फूलहरू विक्री वितरण गर्न काठमाडौँ महानगरपालिकासहित देशभरका विभिन्न स्थानीय तहले प्रतिबन्ध लगाएका छन् । तर प्लाष्टिकका फूलहरू उपत्यकाका विभिन्न पसलहरूमा देख्न सकिन्छ । जो बेच्नका लागि राखिएको छ ।
किसानहरू फूल विक्री नभएर हैरान भइरहेका बेला स्वदेशमा उत्पादित फूलहरूको खपत बढाउनु र बजार बिस्तार गर्नुको सट्टा व्यवसायीहरु छिमेकी मुलुक भारतबाट प्लाष्टिक अन्य मखमली एवं सयपत्री फूलहरू ल्याएर बेच्ने गरेका छन् । रोक लगाइरहँदासमेत प्लास्टिकका मालाहरु छ्यापछ्याप्ती बेच्ने गरेको देखिन्छ । काठमाडौँ उपत्यकामा व्यवसायीहरूले यसरी प्लाष्टिकका फूल र मालाहरू बेचिरहेका सम्बन्धी केही तस्बिरहरू न्युज एजेन्सी नेपाललका फोटा पत्रकारले कैद गरेका छन् । हेरौँ केही तस्बिरहरू ।
प्रतिक्रिया दिनुहोस्