काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले यहि मंसिर ११ गतेदेखि चुक्तापुँजीको १०ः६.२५को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमामा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।
यो हकप्रदमा लगानीकर्ताले आगामी पुस १ गतेसम्म खरिद आवेदन दिन सक्नेछन् । उक्त हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यो हकप्रद सेयर खरिदका लागि आवेदन दिन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्