काठमाडौँ । शुक्रबार छापावाल सु्नको मूल्य प्रतितोला १ लाख ६६ हजार ५०० रुपैयाँ पुगेको छ । बिहीबारको प्रतितोला १ लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ६६ हजार ५०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ९८० रुपैयाँ कायम भएको छ।
प्रतिक्रिया दिनुहोस्