पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाइ दुबईको उडानमा दोस्रो दिन पनि यात्रुको सङ्ख्या उत्साहजनक


काठमाडौँ । हिजोदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक नियमित उडान सुरु गरेको फ्लाइ दुबईको उडानमा दोस्रो दिन पनि यात्रुको सङ्ख्या उत्साहजनक देखिएको छ ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आउने यात्रुको सङ्ख्या १ सय ४० र जाने यात्रुको सङ्ख्या १ सय २० भन्दा बढी भएको जानकारी दिए ।

उनले भने,“ दोस्रो दिनको उडानमा पनि उत्साहजनक यात्रुको सङुख्या छ । आउने १ सय ४० र जाने १ सय २० जनाभन्दा बढीको सङ्ख्या देखिन्छ । यसमा थोरैमात्रै थालमाथी होला ।”

विमानस्थल सञ्चालनमा आएको झण्डै तीन वर्षपछि बुधबारदेखि फ्लाई दुबईको जहाजले दैनिक अन्तराष्ट्रिय उडान सुरु गरेको हो ।

बुधबार फ्लाईदुबईको बी–७३७ म्याक्स–८ विमान (१६६ सिट क्षमता) ले एफजेड ११६५ उडानमार्फत ११३ यात्रु बोकेर नेपाली समयअनुसार साँझ ६ः१८ बजे पोखरा अवतरण गरेको थियो। सोही विमानले एफजेड ११६६ उडान नम्बरबाट साँझ ७ः५५ बजे १५२ यात्रुसहित दुबईका लागि उडान भरेको थियो ।