एआईआरडीसीको बोर्ड अफ ट्रस्टीमा चंकी क्षेत्री चयन


काठमाडौँ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री विकासोन्मुख देशहरूको बिमाकर्ताको छाता संगठन एआईआरडीसीको सञ्चालकको ट्रस्टी मेम्बरमा चुनिएका छन् ।

यो निर्वाचन अक्टोबर ८, २०२४ मा थाइल्याण्डको बैंककमा आयोजित वार्षिक साधारण सदस्यता बैठकमा सम्पन्न भएको थियो।

यो नयाँ भूमिकासँगै, क्षेत्रीले एआईआरडीसीका उद्देश्यहरूलाई समर्थन गर्न सक्रिय योगदान दिने अपेक्षा गरिएको छ। क्षेत्रीय सहकार्यलाई प्रवर्द्धन गर्नुका साथै दिगो अभ्यासहरूको विकासमा योगदान पुर्‍याउन र विकासोन्मुख राष्ट्रका बिमा तथा पुनर्बीमाकर्ताहरूलाई संघमा सहभागी गराउन प्रोत्साहित गर्न उनको विशेष ध्यान रहनेछ। एआईआरडीसीको ७ सदस्यीय सञ्चालक समिति रहेको छ ।