बुधबार १४ अंकले घट्यो नेप्से


काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयरबजार घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ४ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ९ ओटाको सेयरमूल्य घटेको छ।

बुधबार जानकी फाइनान्स लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३३ करोड ८६ लाख ३३ हजार ११ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन सप्तकोशी डेभलपमेन्ट बैंक र सिर्जनशील लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३०८ कम्पनीको एक करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार ४४९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।