काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१ ८२ को पहिलो त्रैमासिकमा १४ करोड ५० लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीको गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.२१ प्रतिशतले नाफा बढेको हो । कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा १३ करोड ३ लाख ८७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।
कम्पनीले १ अर्ब २१ करोड ४२ लाख ४१ ह्जार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा १ अर्ब १० करोड ३ लाख ४८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले ३ महिनामा १ अर्ब १६ करोड ४२ लाख ४० हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको महाविपत्ति कोषमा १९ करोड ४१ लाख ९० हजार रुपैयाँ, जीवन बीमा कोषमा १० अर्ब ७ करोड ४२ लाख र जगेडा कोषमा १ अर्ब २३ करोड ३१ लाख ५० हजार रुपैयाँ रहेको छ ।
५ अर्ब रुपैयाँ रहेको चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी ११.६० रुपैयाँ, पीई रेसियो ४४.५२ रुपैयाँ, नेटवर्थ १५०.६६ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्