नेपाल एसबिआई बैंकको लाभांश घोषणा


काठमाडौँ। नेपाल एसबिआई बैंकले १०.६५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको मंसिर १८ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ३.८० प्रतिशत बोनस र ६.८५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिने घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृत गरि बैंकको आगामी साधारणसभाले पारित गरेपछि लाभांश वितरण हुनेछ।