एचआईडीसीएलको लाभांश घोषणा


काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले ५.२५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले साधारण सभा तथा बुक क्लोजको मिति पनि तय गरेको छ ।

कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।