काठमाडाैँ । नेपाल जग्गा तथा आवास विकास महासंघको तेश्रो महासभा मंसिर २८ गते काठमाडौँमा हुने भएको छ ।
महासंघको तेस्रो महासभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको महासंघका अध्यक्ष भेषराज लोहनीले जानकारी दिए। अध्यक्ष लोहनीले महासंघको महासभाको तयारी समेत पूरा भएको बताए ।
उनले सभाले नयाँ नेतृत्व समेत चयन गर्ने उल्लेख गरे । उनले महासभाले विगतदेखि उठाइरहेका घरजग्गा कारोबारलाई व्यवस्थित बनाउने विषयका प्रश्तावहरु रहेको बताए । उनले शेयर कारोबारका लागि स्टक मार्केट जस्तै घरजग्गा कारोबारको लागि ल्याण्ड मार्केटको अवधारणा र हाउजिङ ल्याण्डपुलिङ अवधारणाहरु ल्याउनुपर्ने विषयलाई जोड दिएको बताए ।
अध्यक्ष लोहनीले घरजग्गा कारोबारलाई व्यवस्थित बनाउनको लागि ब्रोकर लाइसेन्सका कुराहरु पनि महासभामा लगिने उल्लेख गरे । महासभामा घरजग्गा कारोबार वृद्धिको लागि कित्ताकाट फुकुवा हुनुपर्ने, शहरी विकास विधेयकलाई अन्तिम रूप दिई ऐनको रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने, हाउजिङ प्लानिङको प्रकृया सहज बनाउनुपर्ने विषयहरू उठान हुने बताए ।
प्रतिक्रिया दिनुहोस्