काठमाडाैँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक रहेको बताएका छन् ।
बुधवार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले बोर्डले लगानीकर्ताको सुरक्षाको लागि पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन् ।
उनले लगानीकर्ताको मनोबल उच्च भए मात्रै बजार चलायमान र पुँजीबजारको विकास हुने उल्लेख गरे । उनले लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा हुँदा मात्रै सुरक्षित महशुस गर्ने बताए । उनले लगानीकर्ताको लगानी सुरक्षा गर्नु बोर्डको जिम्मेवारी रहेको बताए । उनले बोर्डसँगै पुँजीबजारसँग सरोकार राख्ने सबैले प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको बताए ।
उनले अहिले सिमित रुपमा मात्रै भएर बसेको भन्दै पुँजीबजारको दायरा बढाउन स्टक ब्रोकर्सहरुको भुमिका पनि बढाउँदै लैजान आग्रह गरे । उनले मार्केट स्टुमेण्टहरू ल्याउन आवश्यक रहेको भन्दै त्यसको लागि बोर्ड काम गर्न तयार रहेको बताए ।
स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले पुँजीबजारलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए। उनले नेपालको पुँजीबजारलाई विकास गर्नको निम्ती ब्रोकर व्यवसायीहरुले दिइएका सुझावलाई कार्यान्वयन गर्न आवश्यक रहेको बताए । उनले बोर्डले नयाँ अध्यक्ष पाएको भन्दै अध्यक्षले लगानी कर्ताहरुको हितमा काम गर्ने अपेक्षा रहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्