काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख पिएल सिंहको असामयिक निधनमा आज महानगरपालिका र मातहतका कार्यालयमा सार्वजनिक विदा दिइएको छ ।
८५ वर्षीय सिंह लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए। सिंह २०४९ सालमा भएको स्थानीय निर्वाचनबाट काठमाडौँ नगरपालिकाका प्रमुखका रूपमा निर्वाचित भएका थिए । उनकै कार्यकाल २०५२ साल मंसिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको हो ।
सिंहको पार्थिक सरीर विहान ११ बजेसम्म निजी निवासमा राखिनेछ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरका अनुसार त्यसपछि अन्तिम श्रद्धाञ्जलीका लागि सानेपामा १ घण्टा राखिनेछ । दिउँसो १ बजे विष्णुमती नदी किनारामा रहेको लखतीर्थमा अन्तिम संस्कार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्