काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।
१२ दिनको लागि निक्षेप संकलन गर्न राष्ट्र बैंकले यसको साँवा ब्याज पुस २१ गते भुक्तानी गर्ने जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्