काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक १४.११ अंकले बढेर २६२६.३१ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ११ वटा उपसमुहको सेयरमूल्य बढेको छ ।
मंगलबार नेप्सेमा जानकी फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २० करोड ७ लाख बढिको सेयर कारोबार भएको छ ।
नेप्सेमा आज ३ ओटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने सर्पोट लघुवित्तको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।
कुल ३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार ४ सय १० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २० करोड २२ लाख ६३ हजार बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्