काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ६ स्थित बौद्ध हायात ग्राउन्डमा आयोजना हुन लागेको कन्सर्टमा अनाधिकृत रूपमा राखिएका १५० वटा मदिराजन्य विज्ञापन बोर्ड महानगर प्रहरीले हटाएको छ।
महानगर प्रहरी बलको विशेष टोली परिचालन गरेर यी बोर्डहरू हटाइएको हो। मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने महानगरको नीति अन्तर्गत यो बोर्डहरू हटाइएको महानगरले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्