काठमाडौँ । शाओमीले नेपाल ट्राफिक प्रहरीसँग मिलेर ट्राफिक सुरक्षा सम्बन्धी भिडियो मार्फत सचेतना अभियान सञ्चालन गरेको छ । यो सचेतना अभियानले ट्राफिक नियमहरूको पालना गर्नुको महत्व तथा सडक सुरक्षाको बेवास्ता गर्दा हुने गम्भीर परिणामहरूलाई विशेष जोड दिएको छ ।
भिडियोमा नेपालमा हुने सडक दुर्घटनाका मुख्य कारणहरू जस्तै तीव्र गतिमा सवारी चलाउनु, मद्यपान गरेर सवारी हाँक्नु, गलत ठाउँमा बाटो काट्नु, ओभरहेड पुल प्रयोग नगर्नु र सवारी चलाउँदा मोबाइल फोनको प्रयोग गर्नुलाई सम्बोधन गरेको छ । अभियानको मूल उद्देश्य भनेको जिम्मेवार भएर सवारी चलाउने अभ्यासलाई प्रवर्धन गर्नुका साथै सडक दुर्घटना र यसबाट हुने मृत्यु दर कम गर्नु रहेको कम्पनीले जनाएको छ ।
यस अभियानको बारेमा शाओमी नेपालका कन्ट्री म्यानेजर मनु मनस्वीले भने, “शाओमीको लक्ष्य व्यापार मात्र नभई समुदायहरूको सुरक्षा र कल्याणमा योगदान पु¥याउनु पनि हो । ट्राफिक प्रहरीसँगको सहकार्यमा सञ्चालन गरिएको यो ट्राफिक सचेतना अभियान नेपालका सडकलाई सबैका निम्ती सुरक्षित बनाउने हाम्रो प्रयास हो ।”
शाओमी नेपाल र नेपाल ट्राफिक प्रहरीबीचको यो सहकार्यले सडक सुरक्षा र ट्राफिक नियमहरूको पालनाको महत्वबारे सर्वसाधारणलाई सचेत बनाउनुका साथै सडकलाई सुरक्षित बनाउन मद्दत पु¥याउने उल्लेख गरेको छ ।
सामाजिक उत्तरदायित्वप्रति समर्पित व्यापारिक संस्था भएकाले शाओमी नेपाल स्थानीय समुदायहरूको जीवनमा सुधार ल्याउन विभिन्न अभियानहरूमा नियमित रूपमा सहभागी हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्