काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा पुस १५ गते च्याउ मेला तथा परिकार महोत्सव हुने भएको छ ।राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ उत्पादक किसान संघ नेपालले सो मेलाको आयोजना गर्ने भएको हो ।
कृषि क्षेत्रमा च्याउको महत्त्व र यसको उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउनको लागि यो मेला एक महत्वपूर्ण पहल हुने संघका अध्यक्ष सन्तोष कार्कीले बताए ।
मेलामा ४० वटा स्टलहरूमा च्याउसँग सम्बन्धित प्रदर्शनी राखिनेछ, जसमा च्याउ उत्पादनका विभिन्न प्रकार र प्रयोगहरूको बारेमा जानकारी दिइने संघले जनाएको छ । कार्यक्रमको शुरुवात पौष १५ गते बिहान ७ बजे कालिमाटी तरकारी तथा फलफूल बजारबाट मोटरसाइकल यालीको आयोजनासँग हुनेछ। याली भक्टीमण्डपको ठूली चौरसम्म पुग्ने छ ।
यस मेला तथा महोत्सवमा च्याउका विभिन्न परिकारहरूको प्रदर्शनी, गाये कन्ये, किड वयस्टर र सिताके च्याउ उत्पादनका प्रयोगात्मक प्रदर्शन र च्याउ उत्पादनका लागि आवश्यक सामग्रीहरूको प्रदर्शनी पनि हुने छ। यस कार्यक्रममा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुती पनि हुने आयोजकले जनाएको छ ।
मेलामा च्याउ किसानहरू, आम नागरिक, विभिन्न संघ-संस्था, र राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको विशेष उपस्थिति रहने संघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्