काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोल माध्यमबाट २१ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो ।
राष्ट्र बैंकले यसको साँवा ब्याज माघ १३ गते भुक्तानी गर्नेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्