काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये ४ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने ८ ओटा उपसमुहको सेयरमूल्य बढेको छ । यस्तै एउटा उपसमुहको सेयरमूल्य स्थिर रहेको छ ।
मंगलबार सिन्धु विकास बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १६ करोड ९२ लाख ९६ हजार ७९८ रुपैयाँको सेयर कारोबार भएको छ ।
आज नेप्सेमा सप्तकोशी डेभलपमेन्ट बैंक, न्यादी हाइड्रोपावर र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
मंगलबार आत्मनिर्भर लघुवित्त र डोल्टी पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
कुल ३०५ कम्पनीको एक करोड २० लाख ८१ हजार ६०६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड ४६ लाख ७२ हजार २९५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्