जनताले सुनेका भ्रष्टाचारका सबै काण्डहरूको छानबिन गरौँः महामन्त्री थापा


काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकले सुनेका भ्रष्टाचारका सबै काण्डहरूको छानबिन गर्नुपर्ने बताएका छन् ।

मंगलवार नेपाल प्रजातन्त्र सेनानी संघ वागमती प्रदेशको कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै उनले आम नागरिकहरूले भ्रष्टाचारकै कारण देशले गति लिन नसकेको भनिरहेको बेलामा जनताले सुनेका सबै भ्रष्टाचारका काण्डहरूको अख्तियार वा सर्वशक्तिशाली आयोग बनाएर अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।

उनले २०८४ सम्ममा नेपाली समाज भ्रष्टाचार मुक्त बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले अनियमिततामा दोषी ठहर भएको खण्डमा शक्तिशाली भनेर छोड्न नहुने बताए । उनले नेपालमा सार्वजनिक ओहोदामा बसेर भ्रष्टाचार गरेको मान्छेलाई नेपाली समाजले छोड्दैन भन्ने सन्देश दिनुपर्ने बताए ।

महामन्त्री थापाले नेपाली काँग्रेस कानूनको शासन मान्ने बताए । उनले गलत काम गर्ने मन्त्रीहरुलाई तत्काल बर्खास्त गर्नुपर्ने बताए ।