खरिद विनियमावली एयरलाइन्समैत्री नहुँदा जहाज मर्मतमा ढिलाईः कार्यकारी अध्यक्ष अधिकारी


काठमाडाैँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले खरिद विनियमावली एयरलाइन्समैत्री नहुँदा जहाज मर्मतमा ढिलाई भएको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा बोल्दै कार्यकारी अध्यक्ष अधिकारीले जहाज मर्मतको काम खरिद नियमावलीकै कारण ढिला हुने गरेको जिकिर गरेका हुन् । उनले जहाज बिग्रेपछि बनाउने कुरा खरिद विनियमावलीसँग सम्बन्धित रहेको बताए ।

कार्यकारी अध्यक्षले धेरै पुरानो खरिद विनियमावली भएकाले एयरलाइन्समैत्री नभएको बताए । उनले खरिद विनियमावली एयरलान्समैत्री बनाउन २०७६ सालदेखि निगमले भनिरहेको भएपनि अहिलेसम्म सुधार नभएको बताए । उनले पटक–पटक मन्त्रालयलाई भने पनि यसमा सुधार हुन सकेको जानकारी दिए। उनले नेपाली सेनाको लागि मात्रै जहाजका स्पेयर पाटर््सहरुको लागि खरिद विनियमावली सुधार गरेको भन्दै त्यत्ति नै नेपाल एयरलाईन्सलाई गरेको खण्डमा काम गर्न सहज हुने बताए ।

उनले जहाजको एउटा स्पेयर पाटर््स बिग्रियो भने ४५ दिनको टेण्डर आह्वान रहेको बताए । उनले वर्तमान समयमा ४५ दिनको टेण्डर हवाई क्षेत्रमा उपयुक्त नभएको बताए । उनले अन्य देशमा सरकारी वायुसेवा निगम र अन्यका लागि खरिद विनियमावली फरक रहेको बताए ।

उनले इन्जिनियरहरुलाई दिनुपर्ने सेवा सुविधाहरु दिन सक्दा जहाज मर्मत हुन ढिला भएको बताए । उनले स्थायी कर्मचारीहरुको सेवा सुविधाहरु बढाउन धेरै अफ्ठ्यारो प्रक्रिया रहेको बताए । उनले दक्ष जनशक्तिहरु निरन्तर रुपमा विदेश पलायन भइरेको दाबी गरे ।