काठमाडाैँ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा छोड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ।
जिल्ला न्यायाधीश माधव अधिकारीको इजलासले बुधबार लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको हो।
पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी मुद्दामा कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमाछुटेका लामिछाने काठमाडौँमा पनि धरौटीमा रिहा भएका हुन्। स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा बयान दिन उनी आइतबार आफैं अदालत उपस्थित भएका थिए।
प्रतिक्रिया दिनुहोस्