काठमाडाैँ । संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन (एफ ए ओ) ले नेपाल सरकार र मण्डनदेउपुर नगरपालिकाको सहकार्यमा नेपालको पहिलो ‘फो बेटर’ नमुना गाउँ कार्यक्रम काभ्रेको मण्डनदेउपुर नगरपालिकाबाट सुरू भएको छ। यो पहलले नेपाललाई दिगो विकासतर्फ अघि बढाउन नयाँ आयाम थपेको छ। स्थानीय समुदायको जीवनस्तर सुधार गर्न समग्र दृष्टिकोण अपनाई, यसले पूर्वाधारको विकास गर्दै सामाजिक, आर्थिक, र वातावरणीय सुदृढतालाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
फो बेटर मोडलले समुदायलाई आत्मनिर्भर बनाउन आवश्यक सीप र स्रोतहरू विकास गर्न प्रेरित गर्दे बहुआयामिक क्षत्रको विकास र वृद्धि सुनिश्चित गर्न नवप्रवर्तन, स्थानीय स्वामित्व, र सहकार्यलाई प्रोत्साहन गरेको छ । कार्यक्रमका अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठ, एफ ए ओको भूटान र नेपालकाका प्रमुख केन शिमिजु र मण्डनदेउपुर नगरपालिकाका मेयर टोक बहादुर वाइबाज्यूले १०० हेक्टरभन्दा बढी कृषि सिंचाइ गर्ने प्रणालीको शिलान्यास गरेर पहलको उद्घाटन गरेका हुन् । साे पश्चात मण्डनदेउपुर नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा नगरपालिकाको प्रतिबद्धता प्रतिबिम्बित गर्ने झण्डोत्तोलन र फो बेटर स्तम्भको उद्घाटन गरिएको थियो ।
एफ ए ओ का प्रमुख केन शिमिजुज्यूले फो बेटर ढाँचाको सम्भावना- उत्पादन वृद्धि ,पोषणमा सुधार, वातावरणमा सुधार र संमृद्ध जीवनयापनलाई उजागर गर्दै, यसले नेपालभर दिगो र समावेशी समुदाय निर्माण गर्ने खाका प्रस्तुत गर्ने बताए । उनले परम्परागत कृषि अभ्यासलाई आधुनिक प्रविधिसँग एकीकृत गरी उत्पादन तथा उत्पादकत्वमा वृद्धि हुने विश्वास लिएको बताए ।
यो फार बेटर पहलले कृषि, खाद्य सुरक्षा, र जीविकोपार्जनसँग सम्बन्धित प्रमुख मुद्दाहरू समाधान गर्न व्यापक दृष्टिकोण अपनाएको छ। यस कार्यक्रम अन्तर्गत पहिलो चरणमा क्षेत्रीय कृषि उत्पादकत्वलाई बढावा दिने सिंचाइ बाँध निर्माण, विद्यालयहरूमा पोषण बगैंचाको स्थापना, विद्यालयहरूमा पोषण पाठशाला संचालन, गुरुङ समुदायमा होमस्टेको माध्यमबाट पर्यावरणीय पर्यटनको प्रवर्द्धन, मत्स्यपालन कार्यक्रमको सुरुवात, परम्परागत कृषि पद्धतिको विकास गरिने रहेको छ ।
यो परियोजनाले महिला, युवा, र आदिवासी समुदायलाई सशक्त बनाउँदै समावेशी सहभागिता र लाभ सुनिश्चित गरेको छ। यसले सांस्कृतिक परम्परालाई दिगो समाधानसँग जोड्दै सामूहिक प्रगति र नवप्रवर्तनलाई प्रोत्साहन गरेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा.रामकृष्ण श्रेष्ठज्यूले यो पहललाई दिगो कृषि र समुदाय विकासतर्फको महत्वपूर्ण कोशेडुगां भएको भन्दै मण्डनदेउपुर नगरपालिका र त्यहाँका बासिन्दाहरूलाई बधाई दिए । उनले नेपालमा दिगो कृषि विकासतर्फको एक नयाँ अध्याय को रुपमा बिकास गर्न एफ ए ओ को कार्यक्रम नेपाललाई देशको कृषि क्षेत्रमा परिवर्तन ल्याउन गरेको दीर्घकालीन योगदानका लागि धन्यवाद दिदै परियोजनाको सफलताको कामना व्यक्त गरे ।
मण्डनदेउपुर नगरपालिकाका मेयर टोक बहादुर वाइबाले एफ ए ओ नेपाल सरकारलाई साझेदारीको लागि धन्यवाद ज्ञापन गर्दै अन्य क्षेत्रमा पनि फोर बेटर मोडल अन्तर्गतका कार्यक्रम संचालनमा पूर्ण रूपले सहयोग गर्ने बताए । उनले यो पहलले हाम्रो समुदायको लागि दिगो र समृद्ध भविष्य निर्माण गर्ने हाम्रो साझा दृष्टिकोणलाई प्रतिबिम्बित गरेको र यसको बिस्तारका लागि सहयोग गर्न सबैमा अनुरोध गरे ।
मण्डनदेउपुर नगरपालिकामा सुरू भएको फोर बेटर नमुना गाउँले दिगो विकासको लागि नयाँ खाका प्रस्तुत गरेको छ। यसले नवीन कृषि अभ्यासमार्फत समुदायमा परिवर्तन ल्याउँदै, स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने र समुदायलाई सशक्त बनाउने काम गरेको छ। यसले नेपालका दिगो विकास र समावेशी वृद्धि लक्षमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिईएको छ ।
प्रतिक्रिया दिनुहोस्