काठमाडौँ। अनलाइन गिफ्टिङ प्लेटफर्म नौलो कोशेलीको दोस्रो आउटलेट पुलचोकको झम्सिखेलमा सञ्चालनमा आएको छ । माघ ४ गतेदेखि झम्सिखेलमा दोस्रो आउटलेट सञ्चालनमा आएको हो ।
आउटलेटबाट बेकरी आइटमसहित फोटो फ्रेम, क्यानभास, फ्लावर, ह्याण्डिक्राफ्ट, बुटिक, कस्टुमाइज वालेट, वुडन क्राफ्ट लगायत विभिन्न पर्सनलाइज्ड गिफ्टहरू खरिद गर्न सकिने जनाइएकाे छ । दोस्रो आउटलेट सञ्चालनमा आएको अवसरमा जनवरी महिनाभर प्रत्येक खरिदमा ५ प्रतिशत छुट पाइने छ ।
यसअघि नौलो कोशेलीले युएन पार्कमा पहिलो आउटलेट सञ्चालनमा ल्याएको थियो । कम्पनीका अनुसार आउटलेट बाहेक अनलाइनबाट पनि नौलो कोशेलीबाट गिफ्टहरू अर्डर गर्न सकिने छ । फेसबुक, इन्स्टाग्राम लगायत नौलो कोशेलीको वेबसाइटबाट सजिलै आफुलाई मनपर्ने गिफ्टहरू अर्डर गर्न सकिने छ । कम्पनीले नेपालभर नै डेलिभरी सेवा प्रदान गर्ने जनाएकाे छ ।
साथै विदेशमा बस्ने नेपालीहरूले पनि सजिलै आफ्ना घर परिवार, साथीभाइ लगायत आफन्तहरूलाई नौलो कोशेलीमार्फत गिफ्ट पठाउन सक्ने छन् ।
प्रतिक्रिया दिनुहोस्