अर्थतन्त्र पनि डुबेको छैन, बैंक पनि डुबेको छैनः अर्थमन्त्री पौडेल


काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र पनि नडुबेको र बैंक पनि नडुबेको बताएका छन् । आइतबार अर्थमन्त्रालयमा भएको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले अर्थतन्त्र पनि नडुबेको र बैंकहरु पनि नडुबेको र डुब्न पनि नदिने बताएका हुन् । उनले बैंक डुबे अर्थतन्त्र डुबे भन्ने कुरा सहि नभएको उल्लेख गरे ।

उनले बैंक डुब्यो भन्ने नकारात्मक सन्देश जाने खालको टिप्पणी भएको बताए । उनले भने, “बैंकहरु डुब्यो अर्थतन्त्र डुब्यो भन्ने प्रायोजित प्रचारबाट तपाई हामी कोही पनि प्रभावित छैनौं । हुनु पनि हुँदैन । न बैंकहरु डु्बेका छन् न अर्थतन्त्र डुबेको छ । अर्थतन्त्र पनि डुबेको छैन बैंक पनि डुबेको छैन । हामी छौं अर्थतन्त्र पनि डुब्न दिँदैनौं । बैंक पनि डुब्न दिँदैनौं ।”

अर्थतन्त्र क्रमश लय सम्हाल्दै सुध्रिँदै आएको उनले बताए । “अर्थतन्त्र डुब्यो भनेर हावादारी कुरा गरेर केही अर्थ छैन । बैंकहरु पनि डुबेका छैनन् । एकाध संस्थाहरुमा समस्या रहन्छ,” उनले भने ।

कर्जा प्रवाह बढ्दै गएको उनको भनाइ छ । उत्पादन, उत्पादकत्व वृद्धि गर्ने क्षेत्रमा, रोजगारी सिर्जना गर्न सकोस् भन्ने हिसाबमा राष्ट्र बैंकसँग सम्वादमा रहेको र यो क्रमश सुधार हुँदै आएको उनले बताए ।