चितवनमा युवकमाथि कुटपिट गर्ने असई निलम्बित


काठमाडौँ । चितवनमा सवारी चेकिङ गर्दा युवकमाथि कुटपिट गर्ने प्रहरी अधिकारी निलम्बित भएका छन् । निलम्बन हुनेमा असई बुद्धिबहादुर भुजेल रहेका छन् ।

चितवनको गणेशधाम प्रहरी बिटमा कार्यरत असई बुद्धिबहादुर भुजेलले गएको पुस १५ गते सवारी चेकिङकाक्रममा ‘ पावर देखाएको’ भन्दै युवकलाई लात्तीले हानेर कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो ।

भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा छानबिन समिति पनि गठन गरेको थियो । प्रहरी आचरण विपरीत काम गरेकाले उनलाई निलम्बन गरिएको प्रहरीले जनाएको छ ।