बीपी कोइराला अस्पतालकी तत्कालीन वरिष्ठ सहायक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडाैँ । बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा प्रशासनतर्फ तत्कालीन बरिष्ठ सहायक पदमा कार्यरत कमला अधिकारीमाथि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी पदोन्नति हासिल गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको छ।

अधिकारीले प्रमाणपत्र तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रशासनतर्फ बरिष्ठ सहायक पदमा पदोन्नति प्राप्त गरेको उजुरीका आधारमा अनुसन्धान गरिएको थियो। अनुसन्धानले प्रमाणपत्र नक्कली रहेको पुष्टि गरेपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।

अधिकारीले यस क्रममा हाल राजीनामा समेत दिएको पाइएको छ। भ्रष्टाचारविरुद्धको कारबाहीलाई थप सशक्त बनाउने उद्देश्यले यो मुद्दा दायर गरिएको बताइएको छ।