कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ


काठमाडौँ । सुकुम्बासीहरुको लागि कीर्तिपुरमा बनाइएको अस्थायी बासस्थान (होल्डिङ सेन्टर) बाट एकजना मानिस पक्राउ परेका छन् । सोमबार होल्डिङ सेन्टरबाट भोजपुर जिल्ला, अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बर तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनलाई सार्वजनिक शान्ति खलल पार्ने कसुर गरेको मुद्दामा अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालतमा पेश गरिएको छ ।

काठमाडौं महानगरपालिकाले होल्डिङ सेन्टर छोडेर अन्यत्र जानका लागि सुविधा सहित अनुरोध गरेको विषयलाई अतिरन्जित गर्दै तामाङले त्यहाँका बसोबासीको शान्तिपूर्वक बस्न पाउने अधिकार पनि खलल गरेको प्रहरीको आरोप छ ।