नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौति छः पर्यटनमन्त्री पाण्डे


काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौति रहेको बताएका छन् ।

४६ औं पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौंमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा पर्यटनको विकास र प्रवद्र्धनका लागि जैविकm प्राकृतिक विविधतालाई जोगाउनुपर्ने चुनौति रहेको बताएका हुन्। उनले पर्यटन क्षेत्र एक्लै अघि बढ्न नसक्ने भन्दै सबैको समन्वय र सहकार्यमा पर्यटन क्षेत्रको प्रवद्र्धन जरुरी रहेको बताए ।

मन्त्री पाण्डेले भने, “पर्यटन क्षेत्र भनेको एक्लै अगाडि बढ्नै नसक्ने क्षेत्र हो । एक्लैले म यो गर्छु भनेर सम्भव हुँदैन । पर्यटन भन्नासाथै पर्यटनसँग सबै क्षेत्र जोडिन्छ । गृह मन्त्रालय जोडिन्छ, परराष्ट्र मन्त्रालय जोडिन्छ, वन मन्त्रालय जोडिन्छ, उद्योग मन्त्रालय जोडिन्छ । ठाउँ ठाउँमा क्रसहरु खुल्दैछन् । नदीको प्राकृतिक वहावमा अतिक्रमण भयो भने ¥याफ्टिङको सम्भावना रहँदैन । उर्जा मन्त्रालयले ठूला—ठूला ड्याम राखेर उर्जाको विकास गर्दछ । विकास जरुरी छ । तर नदीको प्राकृतिक वहाव हामीले जोगाउनुपर्ने चुनौति पनि छ । जैविक विविधता जोगाउनुपर्ने चुनौति पनि छ ।”

पर्यटनमन्त्री पाण्डेले अहिले नेपालमा पर्यटक प्रहरीको संख्या २४६ रहेको भन्दै पर्यटक प्रहरीको प्रभावकारिता बढाउँदै लैजानुपर्ने बताए । उनले कर्णालीको रारा र सुदूरपश्चिमको खप्तडमा प्रहरी पर्यटक लैजाने तयारी शुरु गरेको बताए । प्रहरी पयर्टकको संख्या बढाउने र २९ ठाउँमा मात्रै सिमित पर्यटक प्रहरीलाई बढाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।