चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सोमबार ६ कोठे विद्यालय भवनको शिलान्यास गरेकी छन् । भरतपुर ६ मा रहेको देवज्योति आधारभूत विद्यालयको ६ कोठे भवनको एक कार्यक्रमकाबिच शिलान्यास गरेकी हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले देवज्योति आधारभूत विद्यालय भरतपुर ६ लाई नमुना विद्यालयका रूपमा अगाडि बढाइएको बताइन् । भरतपुर महानगरपालिकाले गत वर्ष ४ कोठे भवनको निर्माण गरिसकेको र अहिले फेरि वागतमी प्रदेश सरकार र महानगरको साझेदारीमा ६ कोठे भवन निर्माण गर्न लागिएको उल्लेख गरिन् ।
प्रमुख दाहालले विद्यालयमा टहर र अति जिर्ण भवन रहेकाले नयाँ सुविधा सम्पन्न भवन निर्माण गर्नुपर्ने अवस्था आएको उनको भनाई थियो । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई सहज वातावरण बनाउन पूर्वाधार निर्माण गर्नुपर्ने देखिएकाले गत वर्षदेखि भवन निर्माणलाई प्रथामिकतामा राखिएको प्रष्ट पारिन् । ६ कोठे भवन निर्माण भएपछि विद्यालयसँग प्रयाप्त भौतिक संरचना हुनेछ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज सापकोटाका अनुसार यसअघिको ८० जना रहेको विद्यार्थी संख्या वृद्धि भइ १ सय ५२ जना पुगेको छ ।
यसैबिच ईलाका प्रहरी कार्यालयको निर्माण हुन लागेको भवनको शिलान्यास गरिएको छ । सोमाबार श्रीपञ्चमीको अवसरमा प्रहरी कार्यालय भवनको भरतपुर महानगरपालिका प्रमुख दाहालले शिलान्यास गरेकी हुन् । भाडामा बस्दै आएको कार्यालय भवन निर्माणको लागि अरुणोदय कलेजले करिब ५ कठ्ठा जग्गा उपलब्ध गराएको हो । भवन निर्माण भएपछि शान्ति, सुरक्षा र अमन चयन हुने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्