प्रतितोला २२ सय रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौं । नेपाली बजारमा सुनको मुल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले वृद्धि भएको छ ।

बजारमा आज सुन प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार १९ सय रुपैयाँले बढेको सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार ९७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।