काठमाडाैँ । सहकारीको रकम ठगी प्रकरणका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले न्यायिक हिरासतमा राख्न आदेश दिएको छ
बुधवार अदालतले लामिछानेको मुद्दामा बहस नसकिएकोले न्यायिक हिरासतमा पठाउने आदेश दिएकोहो । थुनछेक बहस नसकिएकोले जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस पैरवी र थुनछेक गर्न बिहीवार बोलाइएको छ ।
साहरा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा भएको ठगी प्रकरणमा रविसहित ३२ जनाविरुद्ध मङ्गलवार दायर मुद्दामा बुधवारदेखि बहस शुरु भएको छ । बुधवार चितवन जिल्ला अदालतमा जाहेरवाला र सरकारी वकिलसहित ४ जनाले बहस गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्