काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई आइटी हब बनाउन आवश्यक नीति,कानून र पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताएका छन् ।
बिहीवार काठमाडौँमा आयोजना भएको ‘क्यान इन्फोटेक’ को ३० औं संस्करणको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपाललाई आइटी हबको रुपमा विकास गर्न आवश्यक नीति,कानून र पूर्वाधार निर्माणका लागि सहजिकरण गर्न मन्त्रालय तयार रहेको बताएका हुन् ।
उनले सरकार र निजी क्षेत्रको सहकार्यमा नेपाललाई आईटी हबको रुपमा विकास गरी विश्वलाई चिनाउनु पर्नेमा जोड दिए । उनले आईटी क्षेत्रबाट यो वर्ष गत वर्षको भन्दा धेरै राजश्व संकलन हुने विश्वास रहेको बताए ।उनले सरकारले ल्याएको अध्यादेश प्रभावले राजश्व बढाउन सक्ने उल्लेख गरे ।
उनले नेपालमा पर्यटन भन्दा आईटी क्षेत्रको योगदान बढी हुने अवस्था रहेको बताए । उनले पर्यटनको कथा धेरै वर्ष भएपनि सन्तोषजनक प्रगति गर्न सकेको भन्दै पर्यटनमा पूर्वाधारको धेरै अभाव देखिएको बताए । उनले पर्यटन विकासको लागि बनाएको दुई वटा विमानस्थल चलाउन नसकेको स्वीकार गरे ।
उनले सरकारले नेपालको आफ्नै स्याटालइट बनाउने योजना बनाइरहेको बताए ।उनले अध्ययन गर्ने र आवश्यक पूर्वाधार विकास गरी काम गर्ने वातावरण मुलुकभित्रै बनाए वैज्ञानिक खोज्न नासामा जानुपर्ने अवस्था नहुने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्