सातौं नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो फागुन २ देखि काठमाडौँमा


काठमाडाैँ । सातौं नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो फागुन २, ३ र ४ गते काठमाडौँमा हुने भएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि.फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रा.लि. तथा एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रा.दि.को संयुक्त आयोजनामा फागुन २, ३ र ४ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन लागेको हो । प्रदर्शनीमा नेपाल भित्रका कृषि उद्यमी, व्यवसायीका साथै विदेशी व्यवसायी तथा कम्पनीहरु रहनेछन् ।

प्रदर्शनीमा एक सय बढी स्टल स्टल रहने मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताए। उनले प्रदर्शनीले कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुग्ने उल्लेख गरे । उनले साना–साना औजार,मेसिन तथा पशुपालन उद्योगमा प्रयोग हुने उपकरणहरु प्रदर्शनीमा राखिने बताए । उनले नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पु¥याउन प्रदर्शनी कोशेढुङ्गा सावित हुने विश्वास रहेको जानकारी दिए ।

प्रवन्ध निर्देशक भट्टराईले प्रदर्शनीमा सबैलाई निःशुल्क प्रवेश रहेको बताए । उनले प्रदर्शनीले नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत पुग्ने र प्रविधिको प्रयोगबाट कृषि उत्पादनमा समेत वृद्धि भइ कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पु¥याउने विश्वास रहेको बताए ।

उनले  प्रदर्शनीमा कुखुरापालन,माछापालन,बाख्रापालन,गाईभैँसी पालन, डेरी,कृषिका मेसिनरी औजार–उपकरण भेटेनरी,खाद्य प्रविधि बारेमा जानकारी गराइने बताए । प्रदर्शनीमा फरक–फरक समूहका स्टलहरु रहने बताए । उनले मेलामा देशभरबाट बढी भन्दा बढी अवलोकनकर्ताहरु भित्र्याउने लक्ष्य रहेको बताए ।