आइतबार ११ अंकले घट्यो नेप्से, ८ अर्ब ३९ करोड रुपैयाँ बढीको कारोबार


काठमाडौँ। साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ११.४९ अंकले घटेर २६८८.३१ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ९ ओटा उपसुमहको सेयरमूल्य घटेको छ ।

आइतबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३१ करोड १६ लाख ८३ हजार ३९५ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन सेन्ट्रल फाइनान्स कम्पनी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.५२ प्रतिशतले घटेको छ ।

कुल ३०५ कम्पनीको १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार ६२८ रुपैयाँको कारोबार भएको छ ।