बढ्यो सुनचाँदीको मूल्य ?


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा २ हजार रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ४६ हजार १०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २ लाख ४८ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेर ३ हजार २१५ रूपैयाँमा कारोबार भइरहेको छ ।