मेलम्ची खानेपानीको पाइप फुट्दा काठमाडौँको बबरमहल क्षेत्र जलमग्न


काठमाडाैँ । मेलम्ची खानेपानीको पाइप फुटेर काठमाडौँको बबरमहल क्षेत्र जलमग्न बनेको छ ।

बुधवार दिउँसो खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्रमा पानी पसेपछि विशेष अदालत र काठमाडौँ जिल्ला अदालतको पुरानो भवन समेत डुबानमा परेका छन् ।

पाइप फुटेपछि अहिले बबरमहल वरपर रहेका सरकारी कार्यालय र नजिकैको बस्ती समेत डुबानमा परेका छन् ।