काठमाडौँ। साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक ए्रक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ७.२६ अंकले घटेर २६७८.४७ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी १० ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
बिहीबार नेप्सेमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको ३४ करोड १४ लाख ७५ हजार १७४ रुपैयाँ बढिको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा मातृभुमि लघुवित्त, कुमारी सबल योजना, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, ९.९९ प्रतिशत र ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
यस्तै, न्यादी हाइड्रोपावरका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
कुल ३०२ कम्पनीको एक करोड ५८ लाख ७५ हजार १५२ कित्ता सेयर किनेबेच हुँदा ७ अर्ब ९२ करोड १३ लाख ९८२ रुपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्