काठमाडाैँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा कुराकानी गरेका छन् । रूसी राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिलाई मस्को भ्रमण गर्न निम्तो दिएका छन् ।
पुटिनले मस्कोमा अमेरिकी अधिकारीहरूलाई स्वागत गर्न तत्परता व्यक्त गरेको पनि बताए। दुई राष्ट्रपतिले युक्रेनको अवस्था र द्वन्द्वको शान्तिपूर्ण समाधानको बारेमा छलफल गरे । ट्रम्पले द्रुत युद्धविराम र समस्याको शान्तिपूर्ण समाधानलाई अँगालेकोमा जोड दिँदै पुटिनले युक्रेन द्वन्द्वको मूल कारणहरू हटाउने आवश्यकतालाई जोड दिए ।
प्रतिक्रिया दिनुहोस्