काठमाडौं । पोखरामा बेलुन विस्फोट हुँदा घाइते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।
कीर्तिपुर अस्पतालले आइतबार एक सूचना सार्वजनिक गर्दै उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको छ ।
अहिले दुवैजनाको सघन उपचार कक्षमा उपचार जारी रहेको र हिजोभन्दा आज अवस्था सुधारोन्मुख रहेको अस्पतालको भनाई छ ।
प्रा. डा. प्रवीण गिरी लगायत सघन उपचार कक्षको टोली, प्रा.डा.शंकरमान राई, डा. विशाल कार्की, डा. मनिष यादव लगायत जलन विशेषज्ञको टोली, डा. प्रयुस अर्याल लगायत आकस्मिक उपचार टोली र रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको नर्सिङ टोली पनि दुवै जनाको उपचारमा संलग्न छ ।
त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले पनि उपप्रधानमन्त्री एवं अर्थमन्त्री र पोखराका मेयरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
ड्रेसिङ भए पनि घाउको अवस्थाका बारेमा अद्यावधिक गरिने र अहिले दुवैजनाको अवस्था सामान्य भए पनि संक्रमण हुने भएकाले पूर्ण रूपमा भेटघाट बन्द गरिएको चिकित्सकहरूले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्